INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युतीय अपराध गरेको कसुरमा ४० हजार जरिवानको फैसला

२३ वर्षीया महिलालाई विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका– ६ तरकुल्लाका २९ वर्षीय मोहम्द इलियासलाई ४० हजार जरिबाना गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको ०८२ पुस २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ४० हजार जरिवाना ३० हजार क्षतिपूर्ति बापत पीडितलाई भराइदिने र १ हजार ६ सय रुपियाँ पीडित राहतकोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ वैशाख १ गतेदेखि पटक पटक सामाजिक सञ्जालमा मार्फत अश्लीन फोटो बनाई चरित्र हत्या गरेको भन्दै पीडित पक्षले वैशाख २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई वैशाख ३ गते घरबाटै गिरफ्तार गरेको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो