५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–३ बानियाभरका ३६ वर्षीय किस्मत घर्ती मगरलाई सात वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश राम प्रसाद वस्यालको ०८२ पुस २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना, पीडित राहत कोषको राख्ने र २५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई भराई दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ असार २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २६ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २६ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो । प्रहरीले आरोपितलाई असार २६ गते वानियाभरबाटै गिरफ्तार गरेको थियो ।