INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका–१, कैलालीका ३४ वर्षीय लालबहादुर ऐडीविरूद्ध पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले माघ २१ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी दल्लेखमा उजुरी दिए लगत्तै आरोपित ऐडीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते जिल्ला अस्पतालमा गरिएको इन्स्पेक्टर हिक्मतबहादुर बोहराले जानकारी दिए ।

अन्य

भिडियो