१७ वर्षीया बालिकाको बाल विवाह गरेको आरोपमा जिल्ला अदालतले बर्दीबास नगरपालिका–१२ महोतरीका १९ वर्षीय सुभाष राउत र ब्रहमपुरी गाउँपालिका–२ की ३४ वर्षीया जमुना कुमारीलाई चार वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश पुष्पराज पाण्डेको ०८२ पुस २९ गतेको इजलासले आरोपितहरुलाई बाल विवाहको कसुरदार ठहर गर्दै सुभाष राउतलाई चार वर्ष कैद र सहयोगी बनेको जमुना कुमारीलाई एक वर्ष कैद र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ती दिने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले जानकारी दिनु भयो ।
बालिकालाई विभिन्न प्रलोभन देखाएर लकाईफकाई गरी आरोपित राउतले ०८१ चैत २२ गते बालविवाह गरेको भन्दै आरोपितहरु विरुद्ध ०८२ वैशाख ४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको पीडित पक्षले बताएको छ ।