आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाका ८५ मतदान स्थल मध्ये ५२ अतिसम्वेदनशिल, १८ संवेदनशिल र १५ सामान्य मतदात स्थलको रुपमा वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीले बताउनु भयो ।
जिल्लामा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष गरी ७१ हजार ७ सय ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका कम्प्युटर अपरेटर धनबहादुर रावलले बताउनु भयो ।
दुई अस्थायीसहित ८५ मतदान स्थलमा १ सय १० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाकी सूचना अधिकारी नारायणी चौलागाईले बताउनु भयो ।
निर्वाचन आयोगले पुस २५ गतेदेखि लागु हुने गरी प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ५ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ । यसै गरी सोही बमोजिम न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेष्णीका अधिकृतलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ ।