INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ माटेथरका ५० वर्षीय सूर्यबहादुर रोकालाई ०८२ पुस २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई ०८२ साउन २५ गते बलात्कार गरेको भन्दै पुस २६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितलाई गिरफ्तार गरी पुस २८ गते जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

महिलाको स्वास्थ्य परीक्षण पुस २६ गते प्रादेशिक अस्पताल स्याङ्जामा गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो