१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २१ गते बङ्गलाचुली गाउँपालिका–२ का २६ वर्षीय दुर्गा पुनलाई सात वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलाशले उक्त फैसला गरेको श्रेष्तेदार दामोदर पाण्डेले बताए ।
पीडित बालिकालाई आरोपितले गत असार २२ गते विवाह गर्ने भन्दै घोराहीस्थित होटेलमा बलात्कार गरी भागेका थिए ।
पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई साउन २ गते गिरफ्तार गरी मुद्दा चलाएकोे थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।