INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेनी नगरपालिका–५ का २२ वर्षीय सिर्जन बहादुर खत्रीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधिश सूर्यबहादुर थापाको पुस १४ गतेको इजालसले आरोपितलाई १० वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम पीडित संरक्षण कोषमा दाखिल गर्ने फैसला गरेको छ । यस अघि न्यायाधिश सूर्यबहादुर थापाको पुस १ गतेको इजालसले आरोपितलाई कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको थियो ।

आरोपितले बालिकालाई ०८२ जेठ १४ गते बलात्कार गरेको भन्दै पिडीत पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको थियो । पिडीत पक्षको उजुरीका आधारमा प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार ग¥यो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी शिर्षकमा ०८२ भदौ ६ गते जिल्ला अदालत म्याग्दीमा मुद्धा दर्ता ग¥यो । अदालतले सोही दिन पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो