६६ वर्षीया महिलालाई ०८२ मंसिर २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नगरपालिका–३ हिलेका ६० वर्षीय कान्छा लामालाई ०८२ पुस ३ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित महिलाले पुस ३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परिक्षण भयो ।
आरोपितलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुुलिखेलका डिएसपी रविन बिष्टले बताउनुभयो ।