INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार, एक जना फरार

१५ वर्षीया बालिकालाई ०८२ मंसिर २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका ५ का २३ वर्षीय विवेक राईलाई पुस २ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा पुस २ गते उजुरी दिएको थियो ।

त्यसैगरी १३ वर्षीया बालिकालाई मंसिर २८ गते बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका- ५ का २६ वर्षीय अक्षय सापकोटाविरुद्ध पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा पुस २ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा राईलाई गिरफ्तार गरेको र सापकोटा फरार भएकाले खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

दुवै बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल,भद्रपुरमा पुस २ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो