आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दोलखामा ६ हजार ६ सय ८७ जना नयाँ मतदाता थपिएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्ने अन्तिम दिन ०८२ मंसिर ५ गतेसम्म ६ हजार ६ सय ८७ जना नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ल्ला निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिनु भयो ।
सूचना अधिकारी केसीका अनुसार राष्ट्रिय परिचय पत्रबाट ५ हजार २ सय २८ जना, कार्यालयमा उपस्थित भएर १ हजार ४ सय जना र अन्य जिल्लाबाट ५९ जनाले नाम दर्ता गराएका छन् ।
नयाँ थपिएका मतदातामा कालिन्चोक गाउँपालिकाबाट १ सय ७५ जना, गौरीशंकर गाउँपालिकाबाट १ सय ५२ जना, जिरी नगरपालिकाबाट ७५ जना, भीमेश्वर नगरपालिकाबाट ४ सय २५ जना, मेलुङ गाउँपालिकाबाट १क सय ८ जना, बिगु गाउँपालिकाबाट १ सय १ जना, बैत्यश्वर गाउँपालिकाबाट १ सय ५२ जना, शैलुङ गाउँपालिकाबाट ९९ जना र अन्य जिल्लाबाट ५९ जनाले नाम दर्ता गरेराएको सूचना अधिकारी केसीले बताउनु भयो।