१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय मामा नाता पर्नेलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई मङ्सिर २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण मंसिर २९ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ।