INSEC Online

📅 २०८३ जेष्ठ २१

हामी निर्दोष छौः बम दिदीबहिनी

निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरू निर्दोष भएको दावी गरेका छन् ।

रिपोर्टर्स क्लबमा माघ १४ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकार सङ्गठनले आफूहरू तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै सो संस्थाका अध्यक्षमाथि कारवाही गर्नुपर्ने माग गरे ।

मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले आफूहरूले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएका विषयमा सत्यता रहेको दावी गरे ।

बम दिदीबहिनीलाई अनुसन्धनको दायरामा प्रतिवेदनमा औँल्याइएको बताउँदै उनले सबैको मानव अधिकार हुने कुरा आफूलाई पूर्ण जानकारी भएको बताए ।

सो सङ्गठनको झुठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरूको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरू मानसिकरूपमासमेत पीडित भएको बम दिदीबहिनीले बताए ।

दिदी बविता बमले मानव अधिकार सङ्गठनको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको कपोलकल्पित समाचारका कारण आफूहरूको चरित्र हत्या भएको आरोप लगाउँदै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरिन् ।

बहिनी रोशनी बमले आफूहरू निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको जानकारी दिइन् ।

अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै रोशनीले वास्तविक हत्यारा पत्ता लगाएर निर्मला र आफूहरूलाई न्याय दिन सरकारसँग माग गरिन् । बम दिदीबहिनीकी आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दावी गरिन् ।

photo20190128kathmandu_2

photo20190128kathmandu_3

photo20190128kathmandu_4

photo20190128kathmandu_5

फोटो सौजन्यः दिपेन्द्र परिवर्तित

अन्य

भिडियो