१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा— १ स्थित यार्साका ३० वर्षीय सरोज तमाङलाई०८२ मंसिर २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई मंसिर २१ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परिक्षण मंसिर २२ गते चौतारा अस्पतालमा गरिएको छ ।