१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदबारी नगरपालिका–१० का ३५ वर्षीय धनबहादुर विश्वकर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
बालिकालाई ०८२ कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १९ गते गरिएको छ ।