INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका – ३ का १७ वर्षीय एक बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८२ मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चैनपुर नगरपालिकाबाट  अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १९ गते गरिएको छ ।

भविन कार्की

अन्य

भिडियो