७४ वर्षीया आफ्नै आमालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–६ पिपलडाँडाँका ४४ वर्षीय केदारबाहादुर सापकोटालाई माघ ७ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले आफ्नै आमा ७४ वर्षीया कृष्णकुमारी सापकोटालाई माघ ६ गते बेलुका पीडित बसेकै घरमा गएर कथित बोक्सीको आरोपमा कुटपिट गरेको पीडितको आरोप छ । पीडितले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
छुट्टिएर भिन्न बसेको छोराको कुटपिट बाट सामान्य घाइते भएकी पीडितलाई थप उपचार गर्न नपर्ने भएको र आरोपितलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।