वार्ताका माध्यमबाट जुनसुकै माग र समस्या समाधान गर्न सकिनेतर्फ सरकार र अनसनरत डाक्टर गोविन्द केसीको ध्यानाकर्षण गराउँदै इन्सेकले यस्ता अनसनको श्रृङ्खला फेरि दोहोरिन नदिने गरी सार्थक वार्ता र सहमतिका लागि आग्रह गरेको छ ।
‘समस्या समाधानको उपर्युक्त बाटो भनेकै वार्ता हो ।’-इन्सेककी अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठद्वारा माघ ४ गते जारी विज्ञप्तिमा भनिएको छ ।
माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने लगायतका ६ बुँदे माग राखी गत पुस २५ गतेदिख इलाममा अनसन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि माघ ४ गते बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँको आइसीयुमा भर्ना गरिएको छ ।
एक सुत्रीय माग राखी २०६९ असार २१ गते पहिलो पटक अनसन बसेका केसीको यो १६ औँ अनसन हो ।