INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

धनगढी उमनपा–१३ बरबट्टाकी १४ वर्षीया विनिता नेपाली र २२ वर्षीय मदन नेपालीलाई माघ १ गते अपशव्द बोल्दै जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका २४ वर्षीय विशाल चौधरीलाई माघ २ गते गिरफ्तार गरेको छ ।

विशाल चौधरीले सञ्चालन गर्दै आएको खाजा पसलमा खाजा खाना जाँदा आरोपित विशाल चौधरीले अपशब्द प्रयोग गर्दै दलितले खाजा खाना आउन नहुने भन्दै गालीगलौज गर्नुका साथै हातपातसमेत गरको पीडित मदन नेपालीले आरोप लगाए ।

पीडितले आरोपितविरूद्ध माघ २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेपछि सोही दिन नै प्रहरीले आरोपित चौधरीलाई गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्दबहादुर खडकाले बताए ।

अन्य

भिडियो