INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का २१ वर्षीय कुमार बिकलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८२ मङ्सिर ५ गते बालिकालाई बलात्कार गरेको भन्दै साेही दिन इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले मङ्सिर ५ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएकाे छ।

 

जयनारायण पुन

अन्य

भिडियो