भारतको हरिद्वारस्थित सुधार गृहबाट दुई बालकको उद्धार गरी पुस २९ गते परीवारको जिम्मा लगाइएको छ ।
बाँके जिल्ला नेपालगञ्ज उमनपा–२०, मनिकापुरका १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु बिकलाई उद्धारपछि परीवारको जिम्मा लगाइएको हो ।
कात्तिक महिनामा घरबाट भागेर भारत पुगेका उनीहरुलाई भारतको देहरादूनस्थित हेल्पप्रसका अध्यक्ष विशाल थापाको समन्वयमा शान्ति पुनर्स्थापना गृहले नेपाल फर्काउन सफल भएको शान्ति पुनर्स्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले बताए ।