तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी सोही गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको हत्याका आरोपित तिलाठी कोईलाडी गाउँपालिका–२ का ४० वर्षीय शैलेन्द्र मुखियालाई प्रहरीले पुस १९ गते गिरफ्तार गरेको छ ।
छिन्नमस्ता गाउँपालिका–३ सखडाबाट गिरफ्तार गरिएका मुखियालाई पुस २० गते सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।
मिश्र र मुखियाको मङसिर २९ गते दिउँसो सामान्य कुटपिट भएकोमा सोही दिन साँझ तिलाठी कोईलाडी गाउँपालिका–२ स्थित तेलिया पोखरी नजिक मुखियाले कुटपिट गरी मिश्रलाई गम्भीर घाइते बनाएका थिए । घाइते मिश्रको उपचारका क्रममा पुस १ गते राति मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुस २ गते गरिएको थियो ।