१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का अमर भन्ने घरबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
सामूहिक बलात्कार घटनामा संलग्न भएका अर्का आरोपित सोही ठाँउका २४ वर्षीय राजेश राजवंशी फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
पीडित बालिकालाई आरोपितहरूले पुस २२ गते कोकमा रक्सी मिसाएर अचेत बनाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस २४ गते प्रहरीमा उजुरी दिएपछि एक आरोपितलाई गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा पुस २३ गते गरिएको छ ।
नख्खु कारागारबाट फरार कैदी गिरफ्तार
नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट