INSEC Online

📅 २०८३ जेष्ठ २२

वडा सदस्य कुटपिट घटनाका आरोपित गिरफ्तार

डुङ्गेश्वर गाउँपालिका–५ की वडा सदस्य सोही वडाको पाउँकोट गाउँकी ३८ वर्षीया मीना सिंह र गुराँस गाउँपालिका–६ पिलाडीकी ३५ वर्षीया हेमन्ता चन्दलाई कुटपिट गरेको आरोपमा प्रहरीले डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकका २५ वर्षीय गगन बिकलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

बहिनी हेमन्तालाई साथ लिएर डुङ्गेश्वर बजारबाट घरतर्फ जाँदै गरेकी मीना चढेको सार्वजनिक बसमासँगै यात्राको क्रममा यात्रुहरूलाई गाली गलौज र अपशब्द बोल्दै गरेको बेला आरोपित गगनलाई सम्झाउन लाग्दा चल्दै गरेको गाडीमा पुस २८ गते आफू र बहिनीलाई कुटपिट गरेको पीडित मीनाले बताएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

अन्य

भिडियो