१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ छापचौरका २५ वर्षीय तारा परियारलाई ०८२ कात्तिक ३० गते बुटवलबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक २६ गते बलात्कार गरेको भनी पीडितले अभिभावकको सहयोगमा कात्तिक २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।