मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा ०८२ कात्तिक २३ गते तोडफोडको क्रममा कर्मचारीमाथि कुटपिट गरेको आरोपमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट लोसपाबाट निर्वाचित पूर्वप्रदेश सांसद परमेश्वर साह र सोही पार्टीका धनुषाका जिल्ला अध्यक्ष जिवेन्द्र झालाई ०८२ मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमले बताए ।
मुख्यमन्त्री सरोज यादवलाई गैर संवैधानिक तरिकाले नियुक्ति गरिएको भन्दै कात्तिक २३ गते सात दलीय गठबन्धन आन्दोलनमा उत्रेको बेला मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्ने क्रममा पूर्वसांसद साह र जिल्ला अध्यक्ष झाले २४ वर्षीय नासु पंकज यादव र ५७ वर्षीय कार्यालय सहयोगी शिवलाल महारा माथि हातपात गरेका थिए।
कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले कुटपिट घटनामा संलग्न आरोपितहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्तिक २४ गते ज्ञापन पत्र बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाले दुवैजनालाई गिरफ्तार गरी सोही दिन गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले १-१ हजार रुपियाँ नगद धरौटीमा मङ्सिर २ गते तारिखमा रिहा गरिएको छ।