INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०८२ कात्तिक २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका ६ का ४२ वर्षीय राजु कटुवाललाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २९ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो