सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा–४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई इलाका प्रहरी कार्यालय निजगढले १५ महिनापछि पुस २४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले पुस २५ गते प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।
०६७ जेठ २६ गते जिल्ला अदालतले आरोपितलाई पाँच वर्ष कैद हुने फैसला गरेकोमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर हुने गरी ०७४ असोज २९ गते फैसला गरेको थियो ।
आरोपितलाई बारा जिल्ला अदालतको आदेश अनुसार कैद भुक्क्तानीका लागि असोज २५ गते जिल्ला कारागार वीरगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी भट्टराइले बताए ।
पीडित बालिकालाई आरोपितले ०६५ मङ्सिर २१ गते बलात्कार गरेको भन्दै ०६५ पुस १३ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा ०६५ मङ्सिर २१ नै गरिएको थियो ।