जेनजी आन्दोलनका क्रममा ०८ भदौ २४ गते विराटनगर महानगरपालिका कार्यालय र वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा ९८ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
भौतिक संरचना, सवारी साधन र मेसिनरी उपकरण ध्वस्त हुँदा ९८ करोड ६३ लाख २१ हजार ७ सय १९ रुपैयाँ बराबरको क्षति भएको महानगरपालिकाका मेयर नागेश कोइरालाले बताउनु भयो ।
भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २ सय ३४ रुपियाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनमा महानगरको प्रशासनिक भवन ध्वस्त भएको थियो । वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा क्षति भएको थियो ।
स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री ध्वत हुँदा ७५ करोड २५ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बरारबरको क्षति भएको महानगरले जनाएको छ ।
प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी भएका कारण महानगरपालिकाले टेन्टमार्फत सेवा प्रवाह गर्दै आएको छ ।