INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मलाको ‘भेजिनल स्वाव’ पुष्टि गर्न निर्मलाकी आमाको रगत नमना सङ्कलन

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा–२ की १३ वर्षीया बालिका निर्मला पन्तको ‘भेजिनल स्वाव’प्रति परिवारलगायतले शङ्का गरेपछि हो÷होइन भनी पुष्टि गर्न पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तको रगतको नमूना लिएको छ ।

पुस १५ गते दोस्रो पटक महेन्द्रनगर पुगेका आइजिपी सर्बेन्द्र खनालसँग निर्मलाकी आमा र स्थानीयहरूले पनि स्वाव पुष्टि गर्न माग गरेका थिए ।

उनीहरूकै माग अनुसार प्रहरीले गत सातादेखि निर्मलाका आमा–बुवा दुवैको रगतको नमूना सङ्कलन गर्न प्रयास गरेको थियो ।

यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले पुस २५ गते दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होइन एकिन गर्न रगत दिएको बताइन् । प्रहरीले निर्मलाकै स्वाव परीक्षणका लागि पठाएको दावी गरेपछि एकिन गर्न दुर्गाले रगत दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमूना लिएको हो ।

महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमूना सङ्कलन गरेको छ । शङ्का हटाउन छोरीसँगको डिएनए म्याच गराउन रगतको नमूना दिएको दुर्गाले बताइन् ।

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरिएको रगतको नमूना पुस २६ गते राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाउने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी कुवेरसिंह कडायतले निर्मलाकी आमाबाट सङ्कलन गरिएको नमूना म्याचका लागि पठाइने बताए । निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना बितिसक्दा पनि अझै अपराधि पत्ता लागेको छैन ।

अन्य

भिडियो