INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिका प्रमुखमाथि दुर्व्यवहार

स्वर्गद्वारी नगरपालिका प्रमुख स्वर्गद्वारी नपा–४ का ५२ वर्षीय नेत्रबहादुर रोकायलाई पुस २४ गते दिउँसो आफ्नै कार्यालयको योजना शाखामा योजनाबारे छलफल गरिरहेको बेला कार्य कक्षमा पुगी अपरिचित व्यक्तिहरूको समूहले गाडीको मोबिल दल्ने प्रयास गरी दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।

उनका अनुसार तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूको समूहले दुर्व्यवहार गरेको र घटना लगतै विप्लव नेतृत्वको नेकपाले नगर प्रमुखलाई कारवाहि किन ? भन्ने विज्ञप्ति सामाजिक सञ्जालमा आएकोले घटनामा उनीहरूकै संलग्नता रहेको हुन सक्ने डिएसपी बुढाथोकीले बताए ।

घटनाको जानकारी लगतै आफूहरू घटनास्थमा पुगी दुर्व्यवहार घटनामा संलग्नहरूको खोजी सुरू गरेको डिएसपी निर्मल बुढाथाकीले बताए । दुव्र्यवहारका कारण कपडामा मोबिल लागेको नगरप्रमुख रोकाले जानकारी दिए ।

अन्य

भिडियो