INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई कास्की जिल्ला अदालतले पुस २३ गते १४ वर्ष कैदको फैसला सुनाएको छ ।

गोरखाको गण्डकी नपा–३ घर भई पोखरा महानगरपालिका–४ बस्ने २८ वर्षीय मनोज भट्टलाई न्यायाधीश काजिबहादुर राईको इजलासले कैदसँगै ५ हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ भदौ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ परीक्षण भदौ २१ गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

अन्य

भिडियो