६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरिया नपा-१० का १८ वर्षीय काशिम पठानलाई जिल्ला अदालतले पुस २३ गते गरेको फैसलामा दोषी ठहर गर्दै ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
पीडित बालिकालाई पठानले ०७५ वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २९ गते पठानविरूद्ध जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएको थियो ।
प्रहरीले घटनाका आरोपितलाई वैशाख २९ गते गिरफ्तार गरेकोमा बर्दिया जिल्ला अदालतको आदेश अनुसार जेठ २१ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका थिए ।