INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका-१ का २४ वर्षीय गणेशबहादुर ढकाल र सोही गाउँपालिका-२ का २९ वर्षीय कृष्ण सोनाहालाई पुस २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले पुस २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २२ गते इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर यमबहादुर मल्लले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २२ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो