इच्छाकामना गाउँपालिका–४ मा पुस २१ गते बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । इच्छाकामना–४ को लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको पारी फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
शिशु जिवित रहेको र हाल भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कसले बच्चा जन्माएर के उद्धेश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।