INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशमा ‘स्वरोजगार गण्डकी प्रदेश’ एप्स सुरू

गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेको बेरोजगारी समस्यालाई दिगो रूपमा व्यवस्थापन गर्नका लागि भन्दै स्वरोजगार गण्डकी प्रदेश नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूको इच्छा, आवश्यकता र क्षमताको आधारमा विभिन्न प्रकारका सीपमुलक तालिमहरू निशुल्क रूपमा उपलब्ध गराई तत्कालका लागि स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्न सक्ने बनाउन गण्डकी प्रदेशका सबै नागरिकहरूको समान पहुँच पुगोस् भन्ने उद्देश्यलेसो एप सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

स्वरोजगार अनलाइन फर्म भर्नुपर्ने एप्समा कुनैपनि नागरिकले एउटा तालिम एक पटक मात्रै लिन सक्ने बताइएको छ ।

एप्सबाट प्रदेशमा रहेका बेरोजगार व्यक्तिहरूको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सहज हुने मन्त्रालयले जनाएको छ ।

अन्य

भिडियो