INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा–११ रानीगाउँ बस्ने ३८ वर्षीय बरुणराज डौलीयालाई पुस १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १७ गते विद्यालय लैजान भनी मोटरसाइकलमा व्यास नपा–१३ को जङ्गलमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते प्रहरीमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सई मनोज पाण्डेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १७ गते नै दमौली अस्पतालमा गरिएको र घटनाका आरोपितलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो