१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला सप्तरी राजविराज नपा–१ का २५ वर्षीय ज्ञानेन्द्रशरण साहलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।
विराटनगर मनपा–१० संसारीमाई स्थानमा रहेको एडुमार्क इन्स्टिच्युटमा शिक्षक रहेका साहले पुस १५ गते सामाजिक विषय कमजोर भएकोले घरमा पढ्न भनी बोलाएर बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
पुस १६ गते इन्स्टिच्युटमा भेला भएका विद्यार्थीहरूले शिक्षकको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
गिरफ्तार गरिएका शिक्षक माथि आवश्यक छानविन भइरहेको भएपनि पीडितले प्रहरी कार्यालय आएर उजुरी दिन नमानेका कारण अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको बताए ।
शिक्षक गिरफ्तार गर्न गएका प्रहरीमाथि नै विद्यार्थीहरूले आफ्ना साथीमाथि बलात्कार प्रयास गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै हातपात गरेका थिए ।