INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

उमेर नखुलेकी महिलालाई बलात्कार गरेको घटनामा फरार रहेका भानु नपा–११ रूपाकोटका ७५ वर्षीय बमबहादुर भुजेललाई २० वर्ष पछि प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले भुजेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

भुजेलले २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई बलात्कार गरेको फैसला गर्दै तनहुँ जिल्ला अदालतले १ वर्ष ४ महिना कैद सजाय तोकेको थियो ।

लामो समयसम्म भारतमा लुकेर बसेका भुजेल केही महिना अघि घर फर्केका थिए । भुजेल घरमा आएको सूचना प्रहरीले पाएपछि उनलाई गिरफ्तार गरेको डिएसपी अर्यालले बताए ।

गिरफ्तारपछि भुजेललाई पुस १६ गते नै जिल्ला अदालत समक्ष उपस्थित गराइएको र अदालतको फैसला अनुसारको कैद भुक्तानको लागि कारागार चलान समेत गरिएको जिल्ला अदालत तनहुँले जनाएको छ ।

अन्य

भिडियो