INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल श्रमिकको उद्धार

जोखिमपूर्ण कार्यमा लागेका ६ जना बालकहरूलाई कार्यस्थलबाट उद्दार गरिएको छ । घोराही उपमहानगरपालिकाले नगरलाई बालमैत्री नगर बनाउन पुस १७ गते बालश्रमिकहरुको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको हो ।

उद्धार हुनेमा घोराही उमनपा–१९ का रेशम रोकामगर, घोराही–१३ का रविन बिक, १४ का अर्पण सुनार, तुलसीपुर उपमनपा–१८ का यज्ञबहादुर सार्की, गढवा गाँउपालिका–६ का भुवन देवकोटा र बङ्गलाचुली गाँउपालिका– ३ का बीरबल नेपाली रहेका छन् ।

बालकहरूलाई ग्रील उद्योग, होटेल, गाडी धुलाई, ग्यारेज, जुत्ता पसलबाट उद्धार गरिएको घोराही उमनपाकी उपप्रमुख सीता न्यौपानेले बताइन् ।

उमनपाले उनीहरूका अभिभावकलाई बोलाएर नगद १५ हजार रुपिँया, कापी, कलम, झोला, विद्यालय पोशाक दिएर पठाइएको छ भने सम्बन्धित क्षेत्रकै विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरले गएको दुई महिनामा २० जना बालबालिकाहरुलाई श्रमबाट उद्धार गरी विद्यालय पठाएको छ ।

अन्य

भिडियो