INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा २८ करोड २१ लाख, ७८ हजार रुपियाँ बढीको क्षति

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते रुपन्देहीमा प्रदर्शनकारीहरुले गरेको तोडफोड र आगजनीका कारण ४१ ओटा कार्यालयमा क्षति पुगेको छ । जसमध्ये ६ ओटा कार्यालयमा पूर्ण क्षति पुगेको र ३५ ओटा कार्यालयमा आंशिक क्षति पुगेको छ । पूर्ण क्षति भएका कार्यालयहरुमा भैरहवा भन्सार कार्यालय बेलहिया, दुई ओटा भवन, यात्रु शाखा र कार्यालय भवन मध्ये यात्रु शाखा पूर्ण रुपमा ध्वस्त भएको र कार्यालय भवन आंशिक क्षति भएको, श्रम तथा रोजगार कार्यालय बुटवलको दुई ओटा भवनमध्ये प्रशासनिक भवन आंशिक क्षति र अर्को टिनको छाना भएको भवन पूर्ण क्षति भएको, जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी विट गल्लामण्डी, राजश्व अनुसन्धान कार्यालय बुटवल, दुई ओटा प्रशासनिक भवन मध्ये एउटा भवन आगजनी भई पूर्ण क्षति र अर्को भवनमा तोडफोड भई आंशिक क्षति भएको, गुणस्तर तथा नापतौल कार्यालय बुटवल प्रशासनिक भवन पूर्ण क्षति, तिलोत्तमा उद्योग बाणिज्य संघको भवन पूर्ण क्षति भएको छ भने अन्य ३५ ओटा कार्यालयहरुमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । जिल्लामा आगजनी र तोडफोड गरि क्षति पुर्‍याइएका घटनाहरुको इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी.ले स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा देखिएको परिदृष्य फोटो फिचर यहाँ उल्लेख गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो