INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पकाहा मैनपुर गाउँपालिका धोरेका १९ वर्षीय देवकुमार पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते उजुरी दर्ता भएको छ ।

पीडित परिवारले पुस १६ गते दिएको उजुरी दर्ता गरी अरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।

आरोपित पटेलले पुस १५ गते दिउँसो तीन बजेतिर बालिका खेलिरहेको ठाउँबाट चक्लेट दिन्छु भन्दै आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बालिका पीडाका कारण चिच्याएपछि आरोपितको कोठामा बालिकाका अभिभावक पुगेका थिए । त्यतिबेला नै आरोपित फरार भएको पीडित पक्षले जनाएको छ ।

पीडित बालिकाको उपचार बीरगञ्जको उपक्षेत्रीय अस्पतालमा पुस १५ गतेदेखि भइरहेको छ । उनको योनी च्यातिएको र रगत बगेको अवस्था रहेको चिकित्सकले बताएका छन् । पीडित बालिकाले बेलाबेलमा वान्ता समेत गरेको चिकित्सकले बताएका छन् ।

अन्य

भिडियो