शारदा नपा–११ का १६ वर्षीय एक बालक र सोही नपा–१० की १४ वर्षीया एक बालिकाले भागेर गर्न लागेको बालविवाह वडा अध्यक्षको पहलमा पुस १२ गते रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
महेन्द्र रत्न माविमा कक्षा नौ मा अध्ययनरत बालक र बालिका पुस ५ गते विवाह गर्न भनी घरबाट भागेको र दुवैलाई बालकको घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीको रोहबरमा पुस १२ गते अभिभावकको जिम्मा लगाइएको वडा नम्बर ११ का वडा अध्यक्ष रामसिं बुढाथोकीले बताए ।
अहिलेको उमेर भनेको पढ्ने लेख्ने उमेर भएकाले सानो उमेरमा विवाह गर्दा हुने बेफाइदाका बारेमा जानकारी गराएर बालिकालाई अभिभावकको जिम्मा लगाएको वडा अध्यक्ष बुढाथोकीले बताए ।