२७ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले भिरकोट नपा-९ का २२ वर्षीय मुक्तिबहादुर सार्कीविरूद्ध पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेको छ ।
पीडित महिलालाई आरोपित सार्कीले पुस ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वालिङ प्राथमिक स्वास्थ केन्द्रमा पुस ९ गते गरिएको छ । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी गराए ।