INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा नियन्त्रण गर्न इन्सेकसहितको सहभागितामा समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण गर्न पुस ९ गते जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्रप्रसाद मैनालीको संयोजकत्वमा २३ सदस्यीय जिल्लास्तरीय लैङ्गिक नियन्त्रण समिति गठन गरिएको छ ।

इन्सेकलगायत सङ्घसंस्थाका प्रतिनिधिहरू सम्मिलित समितिको सल्लाहकारमा गुलरिया नपाका उपमेयर शुसिला गिरी र जिल्ला समन्वय समितिका उपप्रमुख मानबहादुर विष्ट रहेका छन् ।

लैङ्गिक नियन्त्रण समितिले महिला भएकै कारण हुने पारिवारीक र सामाजिक रुपमा हुने हिंसा, शारीरिक, मानसिक, आर्थिक हिंसा न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने उपमेयर शुसीला गिरीले बताइन् ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि २०७५ अनुसार समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताए ।

अन्य

भिडियो