लमही नगरपालिका-५ निवासी रेडियो देउखुरीका स्टेशन म्यानेजर २८ वर्षीय शिव खनाल, सोही ठाउँका गणतन्त्र दैनिकका समाचारदाता २६ वर्षीय शिवु खनाल र प्रदेश टूडे दैनिकका समाचारदाता लमही नपा-९ का ३२ वर्षीय पूर्णबहादुर बिकलाई पुस ८ गते इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर रविन्द्रराज पाण्डेले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
गोरु तस्करी भइरहेको भन्दै हिन्दू जागरण नेपालका कार्यकर्ताहरूले पुस ८ गते दाङको राप्ती गाउँपालिका-५ लठठहवामा गोरु लोड गरेका ट्रक रोक्न लागेको भिडियो खिचेको भन्दै इन्स्पेक्टर पाण्डेले शिवराज खनालको मोवाईल खोसेर ४ ओटा भिडियो डिलिट गरिदिएको र अपशब्द प्रयोग गर्दै खनालद्वय र बिकलाई हातपात गरेको भन्दै पीडितहरूले पुस ८ गते नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा मौखिक जानकारी दिएको पीडितहरूले बताए ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले समान्य धकेलाधकेल भएको भन्ने सूचना आफूले पाएको र प्रहरीले गल्ती गरेको भए कारवाही गरिने बताए । करिव आधा घण्टा मोवाइल र प्रेस परिचयपत्र नियन्त्रणमा लिएर फिर्ता गरेको पीडित पत्रकारहरूले बताएका छन् ।