१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ५ गते पाँच जना आरोपितलाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेकामा कैलाली अत्तरिया नगरपालिका–६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
पीडित बालिकालाई आरोपितहरूले पुस ४ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचार साभारः रासस