INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार गरेको घटनाका आरोपितहरू गिरफ्तार

५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खडग नपा–२ सिस्वा बेल्हीका ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

आरोपितहरूले मङसिर २९ गते राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा पुस १ गते उजुरी दिएकी छिन् ।

चरित्रहीनको झुठो आरोप लगाउँदै आरोपितहरूले अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले बताइन् । अभद्र व्यवहार गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बताए ।

अन्य

भिडियो