चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरेको छ । न्यायाधीश टेकनायारण कुँवरको इजलासले असोज ११ गते यस्तो आदेश गरेको हो ।
वादीका तर्फाट बहस गर्ने नौ जना अधिवक्ता र प्रतिवादीका तर्फाट बहस गर्ने १३ जना अधिवक्ताहरूसँग कार्तिक ५ गतेभित्र लिखित बहस नोट पेश गर्न आदेश गरेको अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।
यस घटनाका सम्बन्धमा जिल्ला आदालत चितवनमा असोज ९, १० र ११ गते दुवै तर्फबाट बहस गरिएको थियो ।
चितवनको रत्ननगर नपा-१३ मा आफ्नो हजुरबुवालाई भेट गर्न आएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए ।