INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपितलाई जन्मकैदको फैसला

पोखरा मनपा-२२ स्थित पुम्दीभुम्दीकी नौ वर्षीया बालिका श्रेया सुनारलाई गत असोज ८ गते बलात्कारपछि हत्या गरेको घटनाका आरोपित २७ वर्षीय कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्मकैदको फैसला सुनाएको छ ।

पुस ४ गते न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले आरोपितलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

बालिकाका परिवारले सोही दिन प्रहरीमा उनी हराएको खबर गरेपछि खोजतलास गर्ने क्रममा बालिकाको शव घर नजिकै असोज ९ गते बिहान फेला परेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार बलात्कारपछि मारेको ठहर भए जीवनभर जेल बस्नुपर्ने प्रावधान छ ।

पौडेलको विपक्षमा जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले बहस गरेका थिए ।

स्याङ्जा घर भई पोखरा मनपा-२२ मा बस्दै आएका पौडेललाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले असोज १० गते गिरफ्तार गरेको थियो ।

शवको पोष्टमार्टम असोज १० गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो